बार्सिलोनाको शानदार जित

एजेन्सी । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई १-० गोलले पराजित गरेको हो ।

वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोए फेलिक्स, रोबर्ट लेवान्डोस्की र फेर्मिन लोपेजले समान एक/एक गोल गरे । खेलको ३८ औं मिनेटमा लेवान्डोस्कीको पासमा फेलिक्सले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा राफिन्हाको पासमा लेवाडोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए  ।

यस्तै ६५ औं मिनेटमा लेवान्डोस्कीको क्रसमा लोपेजले हेडर गोल गर्दै बार्सिलोनालाई ३-० गोलको जित दिलाएका हुन् । जितसँगै बार्सिलोना २९ खेलबाट ६४ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ५५ अंक जोडेको एथ्लेटिको पाँचौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *