युक्रेनले बन्दी बनाएका पाँच नेपाली सार्वजनिक, युद्धमा जानबाट रोक्न आग्रह

काठमाडौं । युक्रेनले रुसी सेनमा भर्ना भई युक्रेनविरुद्ध लडेका पाँच जना नेपालीलाई सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसका अनुसार युक्रेनले आफूले बन्दी बनाएका पाँच नेपालीसहित ७ जनालाई सार्वजनिक गरेको हो ।

उनीहरू रुसका तर्फबाट युक्रेनसँगको युद्धमा थिए । त्यहाँबाट उनी युक्रेनी सेनाको कब्जामा परेका थिए । युक्रेनले गरिब मुलुकले आफ्ना नागरिकलाई युद्धमा जानबाट रोक्नुपर्ने आग्रहसमेत गरेको छ ।

सार्वजनिक गरिएका नेपालीहरूले आफू कसरी रुसी सेनामा पुगेँ भन्ने विषयमा बोलेका छन् । युद्धबबन्दीहरूलाई सैनिक पोसाकमै सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले गत ४ पुसमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी बनेको जनाएको थियो ।

अहिले युक्रेनले सार्वजनिक गरेका पाँचमध्ये चार जना यिनै हुन् । तर अर्का एक नेपालीबारे भने कुनै थप जानकारी खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *