एकीकृत समाजवादी त्याग्दै दीपक मनाङेले मागे स्वतन्त्रको हैसियत

पोखरा । गण्डकीक प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा (एकीकृत समाजवादी) त्याग्दै स्वतन्त्र हैसियत मागेका छन् । स्वतन्त्र रुपमा चुनाव जितेपछि उनी एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, उनले आइतबार आफू स्वतन्त्र नै रहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।

बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको निवेदन दर्ता गराएका हुन् । उनले निवेदनमा भनेका छन्, ‘स्वतन्त्ररूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेस गर्दछु।’

प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले मनाङेले अभिलेख सच्याउन निवेदन दिएको यसबारे छलफल भइरहेको जानकारी दिए । मनाङे २०७९ मा भएको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *