इलाम-२ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस

इलाम । इलाम क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि नेकपा एमाले इलामले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न सर्कुलर गरेको थियो ।

तर, एमाले इलामले उम्मेदवार बन्न निवेदन दिएका सबै ६ जनाको नाम केन्द्रमा पठाएको हो । सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका एमाले इलामले जनाएको छ । सिफारिस भएका मध्ये सुहाङ एमाले दिवंगत नेता सुवास नेम्वाङका छोरा हुन् ।

सुवासको निधनपछि त्यहाँ उपचुनाव हुन लागेको हो । १५ वैशाखमा हुने चुनावका लागि निर्वाचन आयोगले निर्वाचनतालिका समेत सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *