सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टीले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ । आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिएका छन् ।

नेता चौधरीले अब मुख्यमन्त्री शाहले चाँडै विश्वासको मत लिने बताए । प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका सात सांसद छन् । तर, संसदीय दलको बैठकमा भने पाँच जनामात्रै सांसद उपस्थित थिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् । अल्पमतमा परेपछि शाहले नाउपाबाट मन्त्री थपेका थिए ।

प्रदेशसभामा कांग्रेसका १८ र नाउपाका ७ सांसद छन् । तर, सरकार कायमै राख्न राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले समर्थन आवश्यक हुन्छ । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *