प्रसूति गृहबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई एकलाख ५० हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मनकुमारी सिंहलाई एकलाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनले आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होस गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी छिन् । सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा मुद्दा दायर भएको थियो ।

फागुन ११ गते राति मानकुमारी भक्तपुरबाट उनी पक्राउ परेकी थिइन् । पूजन श्रेष्ठले आफ्नो नवजात शिशु अस्पतालबाटै चोरी भएको उजुरी गरेपछि तत्कालै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मानकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर बच्चा घर लान पुगेको बयान दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *