बागमतीमा हाम्रो नेपाली पार्टीले माग्यो मुख्यमन्त्री

काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो)ले बागमती प्रदेश सरकार बनाउने या भत्काउने खेलमा सहभागी नहुने बताएको छ । आइतबार पार्टीका प्रवक्ता रोहन कार्कीले विज्ञप्ति जारी गरी सत्ताको खेलमा नलागी पनि जनताको काम गर्न सकिने भएकाले पुराना दलहरूको पक्ष वा विपक्षमा नलाग्ने बताएका हुन् ।

बागमती सरकार समीकरण फेरिने स्थितिमा लौरो निर्णायक शक्ति हो। दुई प्रदेश सभा सदस्य रहेको पार्टीले नेतृत्व पाएको खण्डमा भने मिलाएर लैजान सक्ने आशयमा विज्ञप्ति जारी गरेको हो । नयाँ गठबन्धन बनेपछि बागमतीमा माओवादी नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।

सरकारबाट बाहिरिएको नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। अब मुख्यमन्त्री जम्कट्टेलले आफूलाई प्रदेश सभाका बहुमत सदस्यको समर्थन रहेको प्रमाणित गर्नुपर्छ । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार जोगाउनका लागि न्युनतम ५६ जनाको समर्थन आवश्यक पर्छ । बागमतीमा एमालेसँग २७, माओवादीसँग २१ र र एकीकृत समाजवादीसँग ७ गरि ५५ सांसद छन् । त्यस्तै, कांग्रेसका ३७, राप्रपाका १२, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसदहरू रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *