जसपाकी सांसद मञ्जु अन्सारीको निधन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सांसद मञ्जु अन्सारीको निधन भएको छ । आइतबार बिहान सांसद शर्माको निधन भएको पार्टीका संसदीय दलका उपनेता नवलकिशोर साहले जानकारी दिएका छन् ।

उनको हृदयाघातका कारण निधन भएको हो । सप्तरी जिल्ला निवासी उनी जसपाबाट निर्वाचित समानुपाति सांसद हुन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन् । जसपा सांसद शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *