साम्प्रदायिक शान्ति अभियानमा गएका १६ नाइजेरियाली सैनिकको हत्या

नाइजेरियाको दक्षिणी राज्य डेल्टामा ओकुवामा र ओकोलोबा समुदायबीचको झडप रोक्ने अभियानमा १६ नाइजेरियाली सैनिक मारिएका छन् ।बोमाडी क्षेत्रमा तैनाथ सैनिकहरूलाई केही समुदायका युवाहरूले घेरेर मारेका ब्रिगेडियर जनरल तुकुकर गुसाउले जानकारी दिएका छन् ।

आक्रमणमा कमान्डिङ अफिसर, दुई मेजर, एक क्याप्टेन र १२ सैनिक जवानको मृत्यु भएको छ । चिफ अफ डिफेन्स स्टाफ जनरल क्रिस्टोफर ग्वाबिन मुसाले जधन्य अपराधमा संलग्नहरूलाई तत्काल अनुसन्धान गर्न र पक्राउ गर्न निर्देशन दिएका छन् ।

हालैका साताहरूमा भूमि स्वामित्वलाई लिएर दुवै समुदायबीच बारम्बार झडप भएका छन् र झडपमा धेरै मानिस मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *