चितवनमा बस र ट्रक ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु, ४ जना घाइते

चितवन । चितवनमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गएराति बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

जलबिरेमा सडक किनारमा रोकी राखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग ग १ ख ८५२४ नम्बरको बस ठोक्किँदा भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *