ला लिगामा म्याड्रिड विजयी, शीर्ष स्थानमा १० अंकको अग्रता

एजेन्सी । स्पेनिस लिग ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा ओसासुनालाई ४-२ गोलले हराउँदै म्याड्रिडले शीर्ष स्थानमा १० अंकको अग्रता लिएको हो ।

जुआन मार्टिनज एरिनामा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गर्दा डानी कार्भाहाल र ब्राहिम डियाजले समान एक/एक गोल गरे । ओसासुनाको लागि एन्टे बुडिमिर र इकर मुनोजले समान एक/एक गोल गरे । खेलको चौथो मिनेटमै भिनिसियसले गोल गर्दै म्याड्रिडले शुरुवाती अग्रता लिएको थियो । सातौँ मिनेटमा बुडिमिरले गोल गर्दै ओसासुनालाई १-१ गोलको बराबरीमा अल्याए ।

१८ औं मिनेटमा भाल्भेर्डेको पासमा कार्भाहालले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको बराबरीमा ल्याए । ६१ औं मिनेटमा भाल्भेर्डेको पासमा ब्राहिमले गोल गर्दै म्याड्रिडलाई सहज जिततर्फ अगाडि बढाए । ६१ औं मिनेटमा भाल्भेर्डेको पास भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई ४-१ गोलको अग्रता दिलाए । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा मुनोजले गोल गर्दै ओसासुनालाई ४-२ गोलको स्थितिमा ल्याएका थिए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड ४-२ गोलको विजयी भएको हो । जितसँगै म्याड्रिड २९ खेलबाट ७२ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट  ३६ अंक जोड्दै लिगको ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *