प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज  बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेको लागि बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पति भएको ‘शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वविद्यालय बिधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

साथै, आ.व. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *