आगलागीमा परी भोजपुरमा तीन बालबालिकाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए । आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *