भारतीय प्रधानमन्त्री  मोदी आगामी साता भुटान भ्रमणमा  जाने

 

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना भुटानी समकक्षी दासो छिरिङ तोग्वेको निमन्त्रणा स्वीकार गर्दै आगामी साता भुटान भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणको अन्तिम तालिका भने सार्वजनिक हुन बाँकी छ ।

भुटानी प्रधानमन्त्री तोग्वेले बिहीबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए । ‘भुटानका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्री मोदीसँग भेट गर्नुभयो । प्रधानमन्त्री तोग्वेले उहाँलाई भुटान भ्रमणको निम्तो दिनुभयो’, प्रधानमन्त्रीले भुटानी समकक्षी तोग्वेको निमन्त्रणा स्वीकार गरेपछि आयोजित पत्रकार सम्मेलनमा भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने ।

भ्रमणको विस्तृत विवरण थप निर्णय भएपछि सार्वजनिक गरिने उनले बताए । भुटानका राजाका तर्फबाट प्रधानमन्त्री छिरिङ तोग्वेले प्रधानमन्त्री मोदीलाई भुटान भ्रमणका लागि आमन्त्रणा गरेका हुन् ।

प्रधानमन्त्री मोदीले आगामी साता भुटानको भ्रमण गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  प्रधानममन्त्री तोग्वे भारतको औपचारिक भ्रमणमा छन् ।

सन् २०२४ फेब्रुअरी २०२४ मा पदभार ग्रहण गरेपछि उनको यो पहिलो विदेश भ्रमण हो । दुवै प्रधानमन्त्रीले भेटमा पूर्वाधार विकास, ऊर्जा, जलविद्युत् सहयोग, विकास सहयोगलगायत विभिन्न द्विपक्षीय साझेदारीमा भएको प्रगतिबारे समीक्षा गरेको विज्ञप्तिमा जनाइएको छ ।  उनीहरूले विशेष र अद्वितीय भारत–भुटान मित्रतालाई अझै सुदृढ पार्ने प्रतिबद्धता जनाए ।

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले सन् २०२३ नोभेम्बरमा भारतको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा उहाँ आसाम, नयाँदिल्ली र महाराष्ट्र पुगेका थिए । उक्त भ्रमणमा भुटानका राजा वाङ्चुक र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय सहयोग र पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *