कैलालीमा लाईटर र खुर्सानी बोकेको ट्रकमा आगजनी

सुदूरपश्चिम । केही दिनअघि कर्णाली पुलमा लाइटर बोकेको ट्रक आगलागीको घटना नसेलाउदै अर्को ट्रकमा आगलागी भएको छ । शनिबार पूर्वपश्चिम राजमार्गको मुडामा अत्तरियातर्फ आउदै गरेको ट्रकमा आगलागी भएको हो ।

प्र ३–०३–००१ ख ००१२ नम्बरको ट्रकमा मुडा र बौनियाको बीचमा आगलागी भएको हो । उक्त ट्रकले लाईटर र खुर्सानी बोकेको थियो। ट्रकमा लागेको स्थानीय प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार आगो लागेकोबारे थप विवरण आउन बाकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *