समुद्री मार्गबाट अमेरिकाले पठाएको सहायता सामग्री गाजामा

अमेरिकी परोपकारी संस्था ‘वल्र्ड सेन्ट्रल किचन’ ले पठाएको सहायता सामग्री शनिबार युद्धग्रस्त गाजा क्षेत्रमा पुगेको छ । सहायताका लागि पठाइएको २४० टन खाद्यान्न सामग्रीलगायत सामाग्री गाजामा वितरणका लागि तयारी भइरहेका ‘वल्र्ड सेन्ट्रल किचन’ले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यस संस्थाले सहायताका लागि साइप्रसबाट प्रस्थान गर्न अर्को २४० टन खाद्यान्न भरिएको डुङ्गा ढुवानीका लागि तयारी भइरहेको जनाएको छ ।

मानवीय सहयोग ढुवानी प्रयासको उद्देश्य खाद्यान्नको अभाव कम गर्नु हो । यसले राष्ट्र सङ्घ र सहायता पठाउने विश्व समुदायबाट गाजामा अनिकालको चेतावनीलाई कम गर्ने आशा गरिएको छ ।

उक्त ढुवानीमा तयारी खानेकुरा सिमी, गाजर, चना, मकै, चामल, पिठो लगायतको तयारी खाना तथा तेल र नुनलगायतका सामानहरू समावेश रहेको संस्थाले जनाएको छ ।

मानवीय सहायता समूहले दोस्रो जहाज कहिले आउने भन्नेबारे कुनै जानकारी नभएको जनाएको छ ।

इजरायली सेनाले शुक्रबार स्पेनी परोपकारी संस्था ओपन आम्र्सद्वारा सञ्चालित पहिलो जहाज आइपुगेको पुष्टि गरेको छ । उक्त क्षेत्रलाई सुरक्षित गर्न र सुरक्षा निरीक्षण गर्न सैनिकहरू तैनाथ गरिएको सेनाले बताएको छ ।

सेनाले २००७ देखि हमासद्वारा शासित समुद्री मार्गबाट मानवीय सहायताको वितरणले गाजाको वर्षौं लामो समुद्री नाका बन्दीको उल्लङ्घन नगर्ने बताएको छ ।

संस्थाले सहायता पुर्याउन गाजा शहरको दक्षिणपश्चिममा अस्थायी पोर्ट निर्माण गर्नुपर्ने जनाएको छ ।

दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासको अकल्पनीय आक्रमणमा परिणामस्वरूप लगभग एक हजार १६० जनाको मृत्यु भएको थियो । इजरायल आक्रमणको बदलामा इजरायली सेनाले गाजामा शुरू गरेको सैन्य कारबाहीमा ३१ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *