विदेशी पर्यटकको चाप बढेसँगै श्रीलङ्काको अर्थतन्त्रमा राहत महसुस

पर्यटन आगमनमा वृद्धिसँगै अकल्पनीय वित्तीय सङ्कटको सामना गरेको श्रीलङ्कामा आर्थिक पुनरुत्थान भएको श्रीलङ्का सरकारले बताएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४ दशमलव ५ प्रतिशत पुगेको छ ।

यो अघिल्लो वर्षको सोही अवधिमा १२ दशमलव ४ प्रतिशतले सङ्कुचन भएको थियो । सन् २०२२ मा ७ दशमलव ८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २ दशमलव ४ प्रतिशतले खुम्चिएको छ । पर्यटनमा लामो समयदेखि प्रतिक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर आएको विभागले जनाएको छ ।

गत डिसेम्बरमा श्रीलङ्का घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको ९१ हजार ९ सयको तुलनामा दोब्बरभन्दा बढी हो । सन् २०२२ मा आर्थिक सङ्कटको शिखरमा पुगेको मुलुकमा आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौंसम्म खाद्यान्न, इन्धन र औषधिको अभाव भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *