मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाल मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा नेपाल मलेसियासँग ५-१ गोलले पराजित भएको हो ।

युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेल बन्द रंगशालामा खेलाइएको थियो । खेल ३५-३५ मिनेटको चार हाफमा खेलाइएको थियो । नेपालको लागि एक मात्र गोल समिर तामाङले गरे ।

नेपालले विश्वकप छनोटको तयारीको रुपमा मलेसियासँग मैत्रीपूर्ण  खेल खेलेको हो । नेपालले चैत ८ र १३ गते बहरानसँग विश्वकप छनोट खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *