फिफा वरीयतामा पाँच स्थान सुधार गर्दै नेपाल शीर्ष १०० मा

काठमाडौं । फिफा वरीयतामा नेपाली महिला टिमले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल पाँच स्थान सुधार गर्दै शीर्ष सय भित्र प्रवेश गरेको हो ।

नयाँ वरीयताअनुसार नेपाल १ सय औँ स्थानमा रहेको छ । गत फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा जोर्डनसँग पेनाल्टीमा पराजित हुँदै नेपालले उपविजेतामा चित्त बुझाएको थियो ।

दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानको भारत ६६औँ स्थानमा छ । तेस्रो स्थानको बंगलादेश १४०औँ, चौथो स्थानको श्रीलंका १५७औँ, पाँचौँ स्थानको पाकिस्तान १५८, छैटौँ स्थानको माल्दिभ्स १६१औँ र पुछारको भुटान १७३औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *