च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्याड्रिड र सिटी भिड्ने

एजेन्सी । युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमको ड्र सार्वजनिक भएको छ । शुक्रबार दिउँसो सम्पन्न ड्रमा क्वाटरफाइनलमा साविक विजेता म्यानचेस्टर सिटी र सर्वाधिक १४ पटकको च्याम्पियन रियल म्याड्रिड भिड्ने भएका हुन् ।

सिटीले गत सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको थियो । गत सिजनपनि दुई टोलीबीच सेमिफाइनलमा भेट भएको थियो । सेमिफाइनलको पहिलो लेग १-१ गोलको बराबरीमा सकिंदा दोस्रो लेगमा सिटीले घरेलु मैदानमा ४-० गोलको फराकिलो जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो ।

अर्को क्वाटरफाइनलमा खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी) र ब्रासिलोना भिड्ने भएका छन् । यस्तै सेमिफाइनल प्रवेशको लागि हुने अर्को खेलमा एथ्लेटिको म्याड्रिड र बोरुसिया डर्टमण्ड तथा आर्सनल र बायर्न म्युनिख भिड्नेछन् ।

क्वाटरफाइनलको पहिलो लेग अप्रिल ९ र १० मा हुनेछ भने दोस्रो लेग १६ र १७ अप्रिलमा हुनेछ । यस्तै सेमिफाइनल खेलको पहिलो लेग अप्रिल ३० र मे १ तथा दोस्रो लेग मे ७ र ८ मा हुनेछ । फाइनल खेल जुन १ मा लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *