कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा नदिए हटाउने एमालेको चेतावनी

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा मागेको छ । शुक्रबार एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पत्रकार सम्मेलन गरी मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

सरकार राजनीतिक हिसाबले अल्पमतमा परिसकेको भन्दै भण्डारीले राजीनामा दिनुपर्ने उल्लेख गर्दै नदिए सत्तापक्ष अल्पमतमा देखिने साथै र विपक्षी बहुमतमा देखिने अवस्था आएको बताए ।

उनले भने,‘मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प छैन । राजीनामा नदिए संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिनुपर्यो । यदि प्रक्रियामा नगएर जबर्जस्ती गर्न खोजिए संविधानको सर्वाेच्चता, सर्वोच्च अदालतको आदेश र कानुन बमोजिम हामी हटाउनेछौं ।’

संघीय सरकारको गठबन्धनको आधारमा बहुमत पाइरहेको र पहिलेको गठबन्धन टुटेर अर्काे गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्कीविरुद्ध ५८ मत पुगिसकेको दाबी भण्डारीले गरे । नयाँ गठबन्धनले आफूहरुलाई नयाँ सरकार बनाउनका लागि नीतिगत निर्देशन दिने उल्लेख गर्दै नेता भण्डारीले त्यसपछि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *