देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फस्योः सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा केसीले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

उनले भने,‘देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ । साढे ३३ किलो तस्करीबारे छनाविन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेललेको अध्यक्षतामा समिति गठन भएको थियो । तर ७ सय ५२ पेजको उक्त प्रतिवेदन गायब गरियो । अहिले ४ सय २५ पेजको डिल्लीराम आचार्यको प्रतिवेदन आएको छ । यो पनि त्यसरी नै हराउने काम नहोस् । जो दोषी छन्, उनीहरुमाथि कारबाही होस् ।’ उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठूलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *