कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेले राजीनामा मागेका हुन् ।

उनले सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको गृहमन्त्री हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो। प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो । त्यसैले उच्च नैतिकता देखाएर उहाँलाई पदबाट राजीनामा दिन म माग गर्दछु ।’ पौडेलले सुन तस्करीको छानबिन गर्न भूमिका खेलेकोमा एमालेलाई धन्यवाद दिए ।

सांसद पौडेलले पीडितहरूको विश्वास जित्ने नसकेको सरकारले वित्तीय संकटलाई समाधान गर्न नसक्ने बताए । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले केही दिनदेखि निरन्तररुपमा गृहमन्त्रीको राजीनामा माग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *