प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै सहकारीपीडित प्रदर्शनमा

काठमाडौं । सहकारीका बचतकर्ताहरु गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा मागसहित प्रदर्शनमा उत्रिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने मागसहित शुक्रबार टेकुस्थित जिल्ला प्रहरी परिसर अगाडि मन्त्रीहरुको मागसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकमाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका छन् । प्रदर्शनमा सहभागी पीडितहरुले सहमति भएको सात बुँदा अनुसार एउटा काम पनि नभएको भन्दै यस्तो अन्याय गर्न नपाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *