हरिवंश आचार्यको ‘मुटु फस्याथ्यो’

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ‘मुटु फस्याथ्यो’ बोलको गीत ल्याएका छन् । गीतमा देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठाइएको छ । हरिवंशको शब्द र संगीत रहेको गीतमा हरिवंशसहित समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गम्भीर विष्टले निर्देशन गरेको गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारी लगायतको अभिनय छ ।

गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन् । श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र नवराज उप्रेतीको छायाङ्कन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *