दक्षिण चीन सागर मुद्दामा अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित नपार्न फिलिपिन्सलाई चीनको आग्रह

चीनले फिलिपिन्सले दक्षिण चीन सागरको मुद्दालाई थप विवादित बनाउने र अन्तराष्ट्रिय समुदायलाई भ्रमित पार्ने कार्य बन्द गर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नान्हाइ झुडाओ र सान्दर्भिक जलको खोज, नामकरण र अन्वेषण गर्ने चीन पहिलो राष्ट्र भएको बताए ।

उनले नान्हाइ झुदाओ र सम्बन्धित जलमाथि निरन्तर, शान्तिपूर्ण र प्रभावकारी रूपमा सार्वभौम अधिकार प्रयोग गर्ने पनि पहिलो राष्ट्र चीन भएको स्पष्ट पारे । प्रवक्ता वाङले दोस्रो विश्वयुद्धपछि चिनियाँ सरकारले क्यारो घोषणा र चीन विरुद्धको आक्रामक युद्धका क्रममा जापानले अवैध रूपमा कब्जा गरेको नानहाइ झुदाओमा सार्वभौमसत्ताको अभ्यासलाई पुनः प्राप्त गरेको दाबी गरेको छ ।

चीनको ’साउथ चाइना सी’ मा क्षेत्रीय सार्वभौमसत्ता र सामुद्रिक अधिकार र चासो छ । दक्षिण चीन सागरमा चीनको ऐतिहासिक अधिकार भएको र उपयुक्त विषय तथा सन्दर्भ अन्तराष्ट्रिय कानुन र अभ्याससँग सुसङ्गत रहेको वाङले बताए ।

उनले ऐतिहासिक तथ्यलाई सम्मान गर्दै प्रत्यक्ष सरोकारवाला देशहरूसँग वार्ता र परामर्शद्वारा समुद्री मतभेदहरू समाधान गर्न तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *