बङ्गलादेश सरकार र युनिसेफ बालअधिकारका विषयमा सहकार्य गर्दै

बङ्गलादेश सरकारले संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) सँगको सहकार्यमा एक हजार २०० भन्दा बढी सामाजिक कार्यकर्ताहरूलाई विभिन्न बाल संरक्षण सेवामा नियुक्त गरेको छ।

सरकारको यस कदमबाट देशभरका बालबालिकाका साथै परिवारको सहयोग र कल्याणको सुनिश्चितता गर्ने सरकारको प्रयासलाई महत्त्व दिएको युनिसेफले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बाल संरक्षण सामाजिक सेवाहरूमा उनीहरूको एकीकरणका लागि पहिलो चरणको रूपमा बङ्गलादेशको सामाजिक सेवा विभाग र युनिसेफले संयुक्त रूपमा ढाकामा बिहीबार सामाजिक कार्यकर्ता लक्षित प्रशिक्षकहरूको तीन दिने प्रशिक्षण सम्पन्न गरेका छन् ।

सरकार र युनिसेफले बाल संरक्षणका क्षेत्रमा सहकार्य गर्दै बालबालिका र परिवार बीचको खाडल कम गर्न, आपत्कालीन अवस्थामा र समस्या परेका बालबालिकालाई आवश्यक सहयोग पुर्याउनुका साथै उनीहरूको बालअधिकारका विषयमा सजग गराउने प्रयासमा पनि यो कदम महत्त्वपूर्ण हुने अपेक्षा गरेका छन् ।

बालअधिकार संरक्षण र प्रवर्धन गर्ने कार्यमा प्रशिक्षित कार्यकर्ताहरूले रचनात्मक भूमिका खेल्ने र सरकार र युनिसेफको लक्ष्यलाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *