सात महिला चलचित्रकर्मी सम्मानित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल छन् । उनीहरुलाई जनही नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागतरूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गरिन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भने ,“हामीले चलचित्र क्षेत्रमा क्रियाशील रहेका महिला चलचित्रकर्मीलाई हौसला प्रदान गर्न र आगामी यात्रामा हाम्रो साथ रहेको आभास गराउन सम्मानको कार्यक्रम तय गरेका हौँ । हामीले पुनः मन्त्रीज्यूलाई नै दोस्रो कार्यकालमा पाउँदा हामीले तयार पारेका योजनाले गति लिने विश्वास गरेका छौँ । चलचित्रकर्मी र यसमा क्रियाशील व्यक्तिले छिट्टै परिवर्तन महसुस गर्नु हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *