युवा रेडक्रस सर्कल वालिङ बहुमुखी क्याम्पस द्वारा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न

वालिङ । वालिङ बहुमुखी क्याम्पस वालिङमा आज सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ५९ औ जुनियर युवा रेडक्रस स्थापना दिबसको अबसरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको अध्यक्षता युवा रेडक्रस सर्कल वालिङ क्याम्पसका अध्यक्ष हरि रेग्मिले गरेका थिए ,कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख युबराज पाठक ,वालिङ क्याम्पसको सहायक क्याम्पस प्रमुख एवं युवा जुनियर रेडक्रस सोसाइटी स्याङ्जा संयोजक बिष्णु सुवेदी गैह्रे,स्वबियु सचिब बिपिन कुवर लगायत बिधार्थी प्राध्यापकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख युबराज पाठकले स्थापना दिबसको शुभकामना दिएका थिए । उहाँलेले रेडक्रसले सामाजिक भावना विकास गरेको र रेडक्रसले जस्तो सुकै कठिन अवस्थामा पनि काम गरेको उदाहरण दिएका थिए । यस्तै कार्यको आफुले अपेक्षा गरेको बताएका थिए । क्याम्पस हाताभित्र बृक्षारोपण र सरसफाई कार्यक्रम भएको थियो। “म सेवा गर्छु” भन्ने मूल नाराका साथ जुनियर तथा युवा रेडक्रसको स्थापना वि.स.२०२१ साल फागुन २२ गतेका दिन भएको हो । महामारीमा मात्र नभई जुनियर तथा युवा रेडक्रस सर्कल तथा स्वयंसेवकहरूले बाढी, पहिरो, आगलागीजस्ता विपद्का समयमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *