माधव नेपाललाई फकाउन प्रचण्ड र ओली कोटेश्वरमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निजी निवास कोटेश्वर पुगेका छन् ।

नयाँ गठबन्धन सरकारमा सामेल हुने प्रस्ताव गर्न ओली र दाहाल अध्यक्ष मंगलबार साँझ नेपाल निवास पुगेका हुन् । भेटवार्तामा एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी छन् ।

आफूलाई कुनै जानकारी नदिएरै प्रचण्डले गठबन्धन फेरेपछि माधव नेपाल असन्तुष्ट छन् । नयाँ गठबन्धनमा सहभागी हुन ओली–दाहाल दुवैले प्रस्ताव गरे पनि नेपालले मानिसकेका छैनन् । अध्यक्ष नेपाललाई भेट्न प्रचण्ड सोमबार पनि उनकै निवासमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *