नेपालद्वारा नेदरल्यान्ड्सलाई प्रतिपर्धात्मक विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई प्रतिपर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो । नेपालको लागि आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । उनले ३७ बलमा ३ छक्का र एक चौका प्रहार अग्रे । यस्तै गुलसन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन बनाए ।

नेदरल्यान्ड्सको लागि ग्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट, स्यब्रान्ड इन्गेलब्रेचट समान दुई/दुई विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *