नेपालको चौथो विकेट पतन, खेलमा फर्किंदै नेदरल्यान्ड्स

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमाजारी खेलमा नेपालले चौथो विकेटको रुपमा दीपेन्द्र सिंह एरीलाई गुमाएको हो  ।

दीपेन्द्र एक रन बनाउँदै आउट भएका हुन् । यसअघि १४ औं ओभरमा नेपालले आसिफ ४७ रनमा गुमाएको थियो । त्यसक्रममा उनले एक चौका र ३ छक्का प्रहार गरेका थिए ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको छ । हाल गुलसन झा ३० र कुशल मल्ल ४ रन बनाउँदै क्रिजमा छन् । यसअघि कप्तान रोहित पौडेल २५ र कुशल भुर्तेल २० रन बनाउँदै पभिलियन फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *