बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि जनकपुरमा बसमा तोडफोड

धनुषा । जनकपुरको बिन्धीमा विद्यालयको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार जनकपुर–जलेश्वर सडकखण्डको बिन्धीमा प्र २–०२–००१क ०४३१ नम्बरको एन्जल्स स्कुलको बसले ठक्कर दिंदा राखीदेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा ५ महिला घाइते भएका छन् ।

प्रादेशिक अस्पताल जनकपुरमा घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । विवाहको विधि गर्न माटो लिएर आउँदै गरेको समूहलाई स्कुल बसले ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीय बासिन्दाले बसमा तोडफोड गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *