नेपालका दुवै ओपनर पभिलियनमा

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरूद्ध जारी खेलमा नेपालले खराब शुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले तेस्रो ओभरमा दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको हो ।

कुशल १२ र आसिफ शेख ८ रन बनाउँदै आउट भएका हुन् । ताजा अबस्थामा १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा २८ रन जोडेको छ । हाल गुलसन झा र कप्तान रोहित पौडेल समान १-१ रन बनाउँदै क्रिजमा छन् ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९३ ओभरमा अलआउट हुँदै १ सय २० रन जोडेको हो ।  नेदरल्यान्ड्सको लागि म्याक्स ओवुडले सर्वाधिक ३२ रन बनाए ।  उनले २४ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।  यस्तै टिम भान डेर गुग्टेनले २४, रोएलोफ भान डेर मेर्वेले २३ र स्कट एडवार्डले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालको लागि प्रतिस जिसीले ४ ओभरमा एक मेड राख्दै १३ रन दिएर तीन विकेट लिँदा करण केसी र कुशल मल्लले दुई-दुई विकेट लिए ।  यस्तै दीपेन्द्र सिंह एरीको नाममा एक विकेट रह्यो ।

नेपालको लागि प्रतिश जिसीले तीन विकेट लिँदा करण केसी र कुशल मल्लले दुई-दुई विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *