औषधि व्यवस्था विभागद्वारा न्यून गुणस्तरका औषधि बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरका औषधि बिक्री वितरणमा रोक लगाएको छ । विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित औषधि न्यून गुणस्तरको पाइएको भन्दै बिक्रीमा रोक लगाएको हो ।

परीक्षणका क्रममा लोमसबाट उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको पुष्टि भएको विभागले जनाएको छ ।

त्यसैगरी, विभागले फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि पनि न्यून गुणस्तरकोे भएको बताएको छ । यी औषधि बजारबाट फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन निर्देशन समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *