ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्रीलाई सफाइ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठले सफाइ पाएका छन् । उनीहरुविरुद्धको आरोपमा दाबी पुग्न नसकेको ठहर गर्दै विशेष अदालतले सफाइ दिएको हो । यो मुद्दामा भूमिसुधार मन्त्रालयका तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात भने दोषी ठहर भएका छन् ।

त्यसैगरी, प्रेमबहादुर खापुङ, अजुन खतिवा, शंकर सुवेदी, अंगुर सिग्देल, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल, टंक भट्ट पनि दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद सजाय सुनाइएको छ । उनीहरुबाट दामासाहीमा ९ करोड ६५ लाख रुपैयाँ विगो जफत हुने विशेष अदालतको फैसला छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *