काठमाडौं । मलेसियामा जारी एसीसी महिलो प्रिमियर लिगमा अन्तर्गतको क्वाटरफाइनलमा नेपालले कुवेतबाट ७४ रनको लक्ष्य पाएको छ । कुवेतलाई सस्तैमा रोक्न नेपालकी सीता रानामगरले तीन तथा रुबिना क्षेत्री बेलबासे र कबिता कुँवरले दुई दुई विकेट लिए ।
मलेसियाको वाइएसडी ओभल मैदानमा टस जितेर पहिला बलिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो । कुवेतका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । प्रियादा मुरलीले सर्वाधिक २९ रनको योगदान गरिन् ।
त्यस्तै सान्थी बालासुब्रमनियन र खाडिजा खलिलले समान १३–१३ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भइन् । नेपालकी सीता रानामगरले ह्याट्रिक लिएकी छिन् । उनले खेलको १३ ओभरको दोस्रो देखि चौथो बलमा तीन विकेट लिएकी हुन् । उनी अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि ह्याट्रिक लिने दोस्रो खेलाडी बनेकी छिन् । यसअघि सन् २०१९ मा रुबिना क्षेत्रीले कुवेतविरुद्ध नै ह्याट्रिक लिएकी थिइन् ।