ब्राहिमको गोलमा म्याड्रिडलाई अग्रता

एजेन्सी । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा म्याड्रिड विजयी भएको छ ।  मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा म्याड्रिडले जर्मन क्लब आरबी लेइपजिगलाई १-० गोलले हराएको हो ।

रेड बुल एरिनामा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन ब्राहिम डियाजले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा ब्राहिमले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलमा लेइपजिगले थुप्रै अवसर सिर्जना गरेपनि म्याड्रिडका गोलकिपर एन्ड्री लुनिन बाधक बनेका थिए ।

अब दुई टोलीबीचको दोस्रो लेग ६ मार्चमा म्याड्रिडको घरेलु मैदान सन्टियागो बेर्नाबेउमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *