प्रेम साटासाट गरी विश्वभर ‘भ्यालेन्टाइन डे’ मनाइँदै

काठमाडौं । आज फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस विश्वभर आपसमा प्रेम साटासाट गरी मनाइँदैछ ।

आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रहेको रातो गुलावको फूल तथा विभिन्न उपहार आदान–प्रदान गरी दिवस मनाउने गरिन्छ । क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट मनाउन थालिएको यो दिवस सुरुआत भएको सन् २६९ देखि मानिदै आएको छ ।

दिवस नेपालमा भने केहि वर्षयता मात्र चर्चित बनेको हो । युवा पुस्तामा बढी लोकप्रिय रहने यो दिवसका दिन नयाँ प्रेमी प्रेमिकालाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरिन्छ ।

रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक सेवामा अवरोध र शान्ति सुरक्षामा असर परेको भन्दै जनतालाई प्रेम, यौन र विवाहमा रोक लगाएका थिए । शासकको आदेश उल्लंघन गरी पादरी भ्यालेन्टाइले धमाधम विवाह गराइदिएपछि उनलाई मृत्युदण्ड दिइएको थियो ।

सन् २६९ फेब्रुअरी १४ का दिन दिइएको मृत्युदण्डअघि पादरी भ्यालेन्टाइनले अन्तिम इच्छाको रुपमा आफ्नी प्रेमीकालाई प्रेमपत्र लेखेका थिए । त्यही दिनको सम्झनामा र उनीहरुको अमर प्रेमको सम्झनामा उनैको नामबाट मनाउन थालिएको प्रणय दिवस विश्वभर चर्चित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *