क्यानडाविरुद्ध भीमको अर्धसतक पूरा

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत जारी तेस्रो तथा अन्तिम खेलमा नेपालका मध्यक्रममा ब्याट्सम्यान भीम शार्कीले अर्धसतक पूरा गरेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी नेपालका भीम शार्कीले सिरिजको पहिलो र समाग्रमा चौथो व्यक्तिगत अर्धसतक पूरा गरेका हुन् ।

भीमले ७८  बलमा ५ चौकाको मद्दतमा अर्धसतक पूरा गरेका हुन् । ताजा अवस्थामा नेपालले ३१ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा १ सय ४७  रन जोडेको छ । हाल अनिल शाह ७५  रन र भिम शार्की ५२ रन बनाउँदै क्रिजमा छन् । यसअघि कुशल १३ रन बनाउँदै पभिलियन फर्किएका हुन् । उनले १४ बलमा ३ चौका प्रहार गरे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनायो । क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ५० रन जोडेका हुन् ।

त्यस्तै क्यानडाका अर्का ओपनर निखिल दत्तले ४५ रन बनाए भने कप्तान साद बीन जाफरले ३१ रन बनाए । हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ र श्रीमान्थ विजेरत्नले २२ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

क्यानडालाई मध्यम रनमा रोक्ने क्रममा नेपालका लागि डेब्यू खेलाडी हेमन्त धामी र कुशल मल्लले समान दुईरदुई विकेट लिए भने ललित राजवंशी र अकाश चन्दले समान एकरएक विकेट लिए ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले क्यानडालाई हराउँदै उक्त सिरिजको क्लिन स्वीप गर्ने लक्ष्यका साथ खेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *