क्यानडाको चौथो विकेट पतन

काठमाडौं । नेपालविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले चौथो विकेटको रुपमा सेट ब्याट्सम्यान नभनित धलिवाललाई गुमाएको हो  ।

धलिवाल अर्धसतक बनाउँदै आउट भएका हुन् । नभनित ललित राजवंशीको बलमा आकाश चन्दबाट ५० रनमा क्याच आउट भएका हुन् । टस हारेर पहिले ब्याटिङमा उत्रिएको क्यानडाले ताजा अवस्थामा २७ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा  १ सय १ रन जोडेको छ । हाल हर्श ठाकेर १५ र निखिल दत्त सुन्य रनसहित क्रिजमा छन् ।

नेपालको लागि आकाश चन्द, हेमन्त धामी, ललित राजवंशी र कुशल मल्लले एक/एक विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *