नारायणी अस्पतालमा २० श्ययाको सुत्केरी तथा नवजात शिशु स्याहारकक्ष उद्घाटन

 

पर्सा । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएकाले यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताएका छन् ।

नारायणी अस्पतालमा  निर्माण गरिएको ‘पोस्ट नाटल केयर वार्ड’को आइतबार उद्घाटन गर्दै उपराष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिलाई सबैले एकजुट भएर हटाउनुपर्नेमा जोड दिए । मधेशमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर रहेकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर तीनवटै तहका सरकारले सुधारका लागि ठोस काम गर्नुपर्ने उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले केन्द्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालको स्तरोन्नतिका लागि सरकार क्रियाशील रहेको बताउँदै आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच  पुर्याउन सङ्घ, प्रदेश र स्थानीय तहले एकापसमा समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

नारायणी अस्पतालको आकस्मिक कक्षमा  ४५ लाखको लागतमा निर्माण गरिएको २० श्ययाको ‘पोस्ट नाटल केयर वार्ड’मा नवजात शिशु र सुत्केरी आमाको उपचारसँगै रेखदेख गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साहले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *