मेनुकाले फिल्म ‘कर्मा मिट्स किस्मत’मा गीत गाउने

काठमाडौं । गायन रियालिटी शो ‘इण्डियन आइडल १४’मा सहभागी भएकी गायिका मेनुका पौडेलले बलिउड अभिनेता सञ्जय मिश्राको अभिनय रहने फिल्म ‘कर्मा मिट्स किस्मत’मा गाउने भएकी छन् । लेखक तथा निर्देशक गीताञ्जली सिन्हाको निर्देशन रहेको फिल्ममा फरीदा जलाल, अलका अमीन, वैष्णवी मेकडोनाल्ड, अम्मान खान र नुपुर शर्माको पनि अभिनय छ ।

फिल्ममा सोनू निगम र साधना सरगमको पनि स्वर रहनेछ । भारतीय समाचार एजेन्सी आइएनएएसले आफ्नो समाचारमा लेखेको छ । ‘अरन सर र लेखक–निर्देशक गीताञ्जली दिदीसँग काम गर्नु एक अभूतपूर्व सिक्ने अनुभव थियो । रेकर्डिङ समयको दौरान ममा जोश थियो, जसकारण म बिना कुनै हिचकिचाहट हृदयबाट गाउन पाएँ । म पूर्ण रुपले शुद्ध, बिना शर्त प्रेको भावनामा डुबेको थिएँ’, उनले अगाडि भनेकी छन् ।

लेखक तथा निर्देशक गीताञ्जलीले गायनमा मेनुकालाई लिनुपर्ने कारण बताएकी छन् । ‘मेनुकाको स्वरमा इमान्दारिता र पवित्रता छ । जसले मलाई चुम्बकको जस्तै उनीतर्फ तान्यो । यो गीतमा सोझो र अटुट दृढ विश्वासको माग थियो, जुन मेनुकाको प्राकृतिक गायन शैलीसँग मेल खान्छ’, उनले भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *