२०५२ सालदेखि सञ्चालनमा आएको गोपीकृष्ण मुभिज बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले शुक्रबार विज्ञप्ति जारी गरी फागुन १ गतेदेखि गोपीकृष्ण मुभिज बन्द हुने जानकारी दिएका हुन् ।

कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा बन्द गर्नुपरेको उनले बताएका छन् ।

पौडेलले आजसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि दर्शक, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ संस्थाहरु, सरकारी निकायलाई आभार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *