पशुपति शर्माको ‘यही हो साथी लोकतन्त्र’

काठमाडौं । गायक पशुपति शर्माको स्वरमा ‘यही हो साथी लोकतन्त्र’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सूर्य न्यौपानेको शब्द र संगीत छ । महेन्द्र भण्डारीले संगीत संयोजन गरेको गीतमा लोकतन्त्र, गणतन्त्रदेखि अहिलेका नयाँ दलसम्मका कुरा समेटिएको छ ।

दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *