‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने

काठमाडौं । समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगीतिक यात्रा गरेको ब्यान्डले अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने भएको हो ।

आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगीतिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले जानकारी दिए । नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने गायक राजु लामाको यो ब्यान्डले कार्यक्रममा आफ्ना चर्चित र नयाँ गीतहरु प्रस्तुत गर्ने तयारी छ ।

३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘म माया लाउँदिन’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *