काठमाडौं । आईसीसी यु-१९ विश्वकप अन्तर्गत भएको सुपर सिक्सको खेलमा नेपाल पराजित भएको छ । बुधबार बेलुकी समपन्न खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।
जितको १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले २५.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । बंगलादेशको लागि अरिफुल इस्लामले सर्वाधिक ५८ रन बनाए । उनले ३८ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै जिशमले अलामले ५५, अशिकुर रहमानले १६, चोव्धुर रिजवानले १५ र अहरार अमिनले १२ रन बनाए ।
नेपालको लागि सुवास भण्डारीले ८ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिंदा अन्य बलर चलन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउंदै १ सय ६९ रनमा समेटिएको थियो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । उनी अर्धसतक बनाउनबाट मात्र दुई रनले चुके । केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।
बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए ।
जितसँगै समूह ‘एक’मा रहेको बंगलादेशले ३ खेलबाट ४ अंक जोडेको छ । नेपाल तीन खेलबाट अंकविहिन छ ।
