जन्मिनेबित्तिकै छुट्टिएका जुम्ल्याहा दिदीबहिनीको टिकटकबाट पुनर्मिलन

एमी र आनो नामका यी जुम्ल्याहा दिदीबहिनी जोर्जामा जन्मिनेबित्तिकै आमाबाट अलग्याइए र छुट्टाछुट्टै परिवारमा धर्मपुत्री बनाउन बेचिए । वर्षौँपछि एउटा टीभी कार्यक्रम र टिकटक भिडियोका कारण उनीहरूले एकअर्काबारे थाहा पाए ।

जोर्जामा अवैधानिक रूपमा धर्मसन्तान बनाइएका मानिसहरूलाई आफ्ना परिवारसँग पुनर्मिलन गराउन खोलिएको एउटा फेसबुक ग्रुपमा एमीले आफ्नो कथा शेयर गरेपछि यो सम्भव भएको थियो । जोर्जामा उनीहरूजस्तै हजारौँ सन्तानहरू अस्पतालबाट चोरिएर बेचिएका छन्। उक्त फेसबुक ग्रुपकी संस्थापक पत्रकार तामुना मुजेरिजा पनि तीमध्येकी एक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *