एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ । मंगलबार दिउँसो भएको खेलमा आर्सनलले नोट्टिन्हाम फरेस्टलाई २-१ गोलले प्पराजित गरेको हो ।
दि सिटी ग्राउण्डमा भएको खेलमा आर्सनललाई जित दिलाउन गाब्रियल जेसस र बुकायो साकाले समान एक/एक गोल गरे । फरेस्टको लागि टाइवो अवानियोले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५ औं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए ।
७२ औं मिनेटमा साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ८९ औं मिनेटमा अवानियीले गोल गर्दै फरेस्टलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल २-१ गोलले विजयी भएको हो ।
जितसँगै आर्सनल २२ खेलबाट ४६ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २० अंक जोडेको फरेस्ट १६ औं स्थानमा रहेको छ ।