काठमाडौं । सत्तारूढ प्रमुख चार दलको बैठकले एक सिट गुमाएको ’boutमा गम्भीर छलफल गरेको छ । कोशी र मधेस प्रदेशको सहकार्यका ’boutमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रमुख चार दलको बैठकले राष्ट्रिय सभाको निर्वाचन र परिणामका विषयमा समीक्षा र छलफल गरेको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
बैठकमा सहभागी माओवादी केन्द्रका महासचिव गुरुङले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम’boutमा गम्भीर छलफल भएको बताए । उनले एक सिट सत्तारूढ गठबन्धनले गुमाएकामा गम्भीर छलफल गर्दै सत्तारूढ गठबन्धनलाई अझै बलियो बनाएर अगाडि बढाउने विषयमा नेताहरू एकमत रहेको जानकारी दिए ।
‘राष्ट्रिय सभा सदस्य निर्वाचनका ’boutमा हामीले छलफल ग¥यौं, हामीले एक सिट गुमाउनुपरेको अवस्था छ, कोशीमा एक सिट गुमाएको ’boutमा केन्द्रित भई छलफल ग¥यौं’ महासचिव गुरुङले राजधानीसँग भने, ‘हामी सत्तारूढ गठबन्धनलाई अझै बलियो बनाएर अगाडि बढ्ने विषयमा एकमत छौं, थप छलफल गर्दै अगाडि बढनुपर्ने हुन्छ ।’
सत्तारूढ गठबन्धनले एक सिट गुमाउनु गम्भीर विषय भएको बताउँदै उनले त्यसैकारण गठबन्धनमा कुनै समस्या आउन नदिने’boutमा आफूहरू सचेत रहेको बताए । अन्य प्रदेशमा समेत आएको परिणामका ’boutमा छलफल भएको उनले बताए ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा सत्ता गठबन्धनले राष्ट्रिय सभामा एक सिट गुमाएको विषयमा छलफल भएको बताए । गठबन्धनले कोशीमा एक सिट गुमाएको विषयलाई गम्भीर रूपमा लिएको उनले बताए । ‘कोसीमा सत्ता गठबन्धनले एक सिट गुमाएको छ, त्यस विषयलाई लिएर छलफल भएको छ, समग्रमा अरू प्रदेश’bout पनि छलफल भएको छ,’ लेखकले भने, ‘राष्ट्रिय सभाको निर्वाचनपश्चात गठबन्धन दलका नेताहरूको बैठक बस्यो, राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको छ, विश्लेषण भएको छ ।’ कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा सिट गुमाएको विषयलाई लिएर छलफल भएको लेखकले बताए । उनले अरू प्रदेशका ’boutमा पनि छलफल भएको जानकारी दिए । ‘कोशीमा अप्रत्याशित रिजल्ट आएको छ, यो गम्भीर छ, यसका ’boutमा प्रारम्भिक छलफल भएको छ,’ कांग्रेस नेता लेखकले भने, ‘गठबन्धन एकमत छ, एकीकृत छ, गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन, परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल गर्नुपर्छ ।’
राष्ट्रिय सभाको परिणामले गठबन्धनको निरन्तरतामा प्रतिकूल असल नपार्नेमा गठबन्धन दलका नेताहरू सचेत रहेको लेखकले बताए । गठबन्धनका नेताहरूबीच यस’bout थप छलफल गर्ने सहमति भएको छ ।
यस्तै, मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि जनमतका ’boutमा समेत बैठकमा छलफल भएको बताइएको छ । संघीय सरकारमा सहभागी जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ । सरकारमै बसेर सरकारको विरोध गरेपछि जनमतलाई संघीय सरकारबाट समेत निकाल्नुपर्ने जसपा नेताहरूको माग प्रधानमन्त्री प्रचण्डसँग रहेको छ । सो’boutमा समेत गठबन्धनमा छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्केको छैन ।
गत ११ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार माओवाद केन्द्रकी चम्पादेवी कार्की पराजित भएकी थिइन् । कांग्रेसभित्रको असन्तुष्टिका कारण उनले पराजय भोग्नुपरेको थियो । कोशीका मुख्यमन्त्री केदार कार्कीका कारण माओवादीले धोखा पाएको माओवादी केन्द्रको निष्कर्ष रहेको छ ।
यसअघि सत्तारूढ गठबन्धनले कोशीमा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो । तर, कांग्रेसभित्रका असन्तुष्ट नेताहरू उनलाई रोक्दै एमालेको सहयोगमा कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भए । कोशीमा माओवादीले यसअघि समेत राष्ट्रिय सभा निर्वाचनमा धोखा पाएको भन्दै माओवादी केन्द्र कांग्रेससँग असन्तुष्ट रहेको छ । राजधानी दैनिकमा खबर छ ।